१८ असार २०८१, सोमबार
Follow Us

नक्कली भुटानी शरणार्थी प्रकरणः फरार अभियुक्त बेचन झा पक्राउ

नेपालब्रिटेन संवाददाता
१६ असार २०८१, शनिबार १४:१३

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा लाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।

उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको । यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए ।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनस् अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका–६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतले ।