लण्डन । नेपाल पत्रकार महासंघले विदेशस्थित सबै शाखाका अधिवेशनहरु रोक्न निर्देशन दिएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलद्धारा जारी पत्रमा ‘नेपाल पत्रकार महासंघ २७ औं महाधिवेशन सम्पन्न गरी महासंघको तीनै तहको नयाँ नेतृत्व चयनका लागि निर्वाचनको चरणमा रहेको यहाँलाई विदितै छ । तसर्थ महासंघको निर्वाचन अगाडि त्यस शाखाको अधिवेशन नतोक्न र सदस्यता वितरण गर्ने कार्यलाई पनि स्थगित गर्न’ अनुरोध गरिएको छ ।
महासंघको जेष्ठ २३ गते जारी पत्राचार अनुसार नेपाल पत्रकार महासंघ बेलायत लगायतका सबै शाखाको अधिवेशन स्थगित तथा निर्वाचन प्रकृया रद्ध भएका छन् । नेपाल पत्रकार महासंघ यूके शाखाको अधिवेशन आइतवारको लागि तय गरिएको छ ।