२७ बैशाख २०८१, बिहीबार
Follow Us

आश्रमका कन्याको दन्त परीक्षण

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार १५:१४

चितवन । साइराम डेण्टल केयर सेन्टर नारायणगढले बुधबार देवघाटमा रहेको रामजानकी गार्गी कन्या गुरुकुलका बालिकाको निःशुल्क दन्त परिक्षण गरेको छ । शिविरमा आश्रममा रहेका बालिकाका लागि ३५ हजार बराबरको चप्पल, कपडा, दन्त सफाइका लागि आवश्यक सामाग्री समेत वितरण गरियो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमको आयोजना गरिएको साइराम डेण्टल केयर सेन्टरकी प्रबन्ध निर्देशक सरु थापाले जानकारी दिइन् । आश्रमका बालिकाहरुको भविष्य उज्वल रहेको भन्दै आगामी दिनमा आवश्यक सहयोग गर्न आफुहरु प्रतिबद्ध रहेको अस्पतालका वरिष्ठ दन्तरोग विशेषज्ञ एवम भरतपुर अस्पतालका दन्त विभाग प्रमुख अजय न्यौैपानेले बताए । सहयोगी हातप्रति धन्यवाद व्यत्त गर्दै बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डनले सहयोगले सेवा दिन अझ बढी प्रेरित गर्ने बताइन् ।
लोक कल्याण प्रतिष्ठानद्वारा सञ्चालित आश्रममा हाल ४५ बालिकाहरु छन् । बालिकाहरुको क्षमता अभिवृद्धिका लागि थप भौतिक आधारहरुको समेत निर्माण भइरहेको आश्रमले जनाएको छ ।
दन्त चिकित्साको क्षेत्रमा हम्बल क्लिनिक पुरस्कारबाट साइराम डेण्टल केयर विश्वकै उत्कृष्ट ७ भित्र पर्न समेत सफल भएको छ ।
– अनुपा गुरुङ