३२ असार २०८२, बुधबार
Follow Us

सौर्य एयरलाइन्सको विमान दुर्घटना: पाइलटलाई अस्पताल लगियो, १८ जनाको शव निकालियाे

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८१, बुधबार ०६:४०

काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् ।

विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।

विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

धेरै पढिएको