काठमाडौँ । एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।
बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने उनले जानकारी दिएका छन । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।