३२ असार २०८२, बुधबार
Follow Us

को हुन् बेलायतका लागि सिफारिस भएका राजदूत चन्द्र घिमिरे ?

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८१, मंगलवार ०६:०४

चिरन शर्मा
काठमाडौं । गत शुक्रबार केपी ओली सरकारले डेढ दर्जन देशका लागि राजदूत सिफारिस गरेको थियो । त्यसमध्ये बेलायतका लागि चन्द्र घिमिरेको नाम छ । उनलाई यसअघि प्रचण्ड सरकारले अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो । प्रचण्ड सरकार ढलेसँग केपी ओली सरकारले घिमिरेलाई बेलायतका लागि राजदूत पदमा सिफारिस गरेको छ ।

बेलायतका लागि नेपाली राजदूत सिफारिस भएका चन्द्र घिमिरे पूर्वसचिव हुन् । लोकदर्शन रेग्मीले मुख्य सचिवको कार्यकाल पूरा गरेको भए शंकरदास बैरागीको साटो घिमिरे ९केदारबहादुर अधिकारीपछि० मुख्यसचिव हुने थिए । उनी विवादमा नपरेका र तुलनात्मक रूपमा क्षमतावान सचिव मानिन्थे ।

तर राजदूत हुने गरी रेग्मीले राजीनामा दिँदा परराष्ट्र सचिव रहेका बैरागीले मुख्यसचिव बन्ने मौका पाए । अनि केदारबहादुर र चन्द्र घिमिरेले सचिवबाट अवकास पाए । त्यही कारण अहिले उनलाई बेलायतका लागि राजदूत बनाइएको एमाले निकट स्रोत बताउँछन् ।

२०२१ सालमा सुनसरीको धरानमा जन्मेका घिमिरे कवि र निबन्धकारसमेत हुन् । राजनीतिक, सामाजिक वा प्राकृतिक उथलपुथलमा आधारित रहेर कविना बुन्न सक्ने क्षमता घिमिरेसँग छ ।

घिमिरेले बेलायतको प्रतिष्ठित चेभेनिङ फेलोसिप पाएर बेलायतको योर्क विश्वविद्यालयमा सन् २००६ मा केही महिना बिताए । त्यसैगरी हवार्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गर्भनेन्समा सन् २०१० मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापारविद् प्रोफेसर रबर्ट लरेन्सबाट छोटो समय प्रशिक्षित हुने मौका पाए ।

धेरै पढिएको