काठमाडौं । काठमाण्डुबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाण्डु फर्किएको छ । शुक्रबार पोखराका लागि उडेको बुद्धको ९–एन–एएमडी कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काएइको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त विषयमा जानकारी दिएको छ । काठमाण्डु विमानस्थलमा सुरक्षित अवतरण गरिएसँगै यात्रुहरूलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको बुद्ध एयरको भनाइ छ ।
‘काठमाण्डु पोखरा उडान नं. 655, कल साईन 9N-AMD मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाण्डु सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ’, बुद्ध एयरले भनेको छ ।
काठमाडौंबाट पोखरा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ ।