२९ भाद्र २०८१, शनिबार
Follow Us

लण्डनमा गायिका सुजाता र निरुसाको तीज गीत सार्वजनिक (भिडियो सहित)

नेपालब्रिटेन डट कम्
२९ श्रावण २०८१, मंगलवार १५:०५

लण्डन । गायिका सुजाता काफ्ले र निरुसा भट्टराई पाण्डेको स्वर रहेको तीज गीत ‘नाच्ने त छैन ओइ ढंग वरी लै’ सार्वजनिक भएको छ ।

नारायण ज्ञावलीको शब्द रहेको गीतमा संगीत भने कृष्ण केसीको रहेको छ । यस्तै, प्रीज्मा स्टूडियोले बजारमा ल्याएको गीतको छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

म्यूजिक भिडियोको सम्पादन श्यामस्वेत रसाइलीले गरेका छन्। भने गीतमा गायिका सूजाता र निरुसाका सहित अन्य नेपाली कलाकारले बेजोड अभिनय रहेको छ । गीतमा नेपाली चाडपर्व मनाउन विदेशीने प्रचलनलाई उजागर गरिएको छ । गीतको लागि लण्डनका महत्वपूर्ण स्थानमा भिडियो छाँयांकन गरिएको छ ।

गायिका काफ्लेले बेलायतमा रहेर नेपाली गीत संगीतलाई गरेको मायाको दर्शकहरुले मन पराउने छन् भन्ने विश्वास लिएकी छन् ।

काफ्लेले यस अघि ऐसेलु, म त हजुर नेपाली (गोर्खालीकी छोरी) लगायतकी तीज गीत सार्वजनिक गरेर चर्चा बटुलेकी थिइन् ।