११ बैशाख २०८२, बिहीबार
Follow Us

रास्वपाले राष्ट्रिय भेला १ र २ असोजमा

नेपालब्रिटेन संवाददाता
३० श्रावण २०८१, बुधबार १३:५९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८१ असोज १ र २ गते काठमाण्डुमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने तयारी गरेको रास्वपाका एक नेताले जानकारी दिए ।

बुधबार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब-लिडरसिप एकेडेमी) मा छलफल हुने उनले जानकारी दिएका छन ।