२९ असार २०८२, आईतवार
Follow Us

एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी

नेपालब्रिटेन डट कम्
२ भाद्र २०८१, आईतवार १२:३४

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड यही भदौ तेस्रो साताबाट सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भएको छलफलमा २०८१ साल भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रकृया पूरा गर्ने सहमति भएको हो ।

अर्थमन्त्री पौडेलले भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने सबै प्रकृया पूरा गरिसक्नु भन्दै त्यसका लागि आफूले मातहतका सबै सम्बद्ध निकायलाई निर्देशन दिने बताए ।

भेटमा अध्यक्ष केसी, संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतले फण्ड सञ्चालनमा आएपछि हुने फाइदाका बारेमा जानकारी गराएका थिए ।

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

भेटमा अध्यक्ष डा.बद्री केसीसहित, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, उपाध्यक्ष रोजिना प्रधान राई, एसिया क्षेत्रीय संयोजक हरि भट्टराई, सल्लाहकार अतुल कोइराला, पूर्वक्षेत्रीय युवा उपसंयोजक लोकराज शर्मा, अध्यक्ष किर्गिस्तान डा.किशन भण्डारी, प्रमुख कार्यकारी अध्यक्ष राजेन्द्र कुमार राउत,नेपाल इन्भेष्टमेन्ट फण्डका सिइओ अनलराज भट्टराई, अधिकृत कुनाल मिश्र, सरोज दाहाललगायत मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

धेरै पढिएको