लण्डन । गैरआवासीय नेपाली संघ यूकेको कार्यसमितिमा ७ जना नयाँ सदस्यहरू मनोनित भएका छन्।
गैरआवासीय नेपाली संघ यूकेको विधान अनुसार कार्यसमितिमा अध्यक्ष हितकाजी गुरुङले सदस्यहरू मनोनित गरेको संघका महासचिव गोविन्द खरेलले जानकारी दिए।
कार्यसमितिमा मनोनित हुने सदस्यहरूमा विमल गुरुङ, नारायण फुयाल, राजेन गुरुङ, डा. विशाल गुरुङ, राजेशमणी लामिछाने, शशी काकी (स्कटल्याण्ड) र जीवन कुमार श्रेष्ठ छन्।
मनोनित सदस्यहरूलाई बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, एनआरएनए अध्यक्ष डा. बद्री केसी, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङलगायतले सोमबार अल्डरशटमा आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरेका थिए।
संघका महासचिव गोविन्द खरेलले एनआरएनए यूकेको सल्लाहकारहरूको नामावली समेत छिट्टै सार्वजनिक गरिने जानकारी दिए।