१४ श्रावण २०८२, बुधबार
Follow Us

नेपाली जनसम्पर्क समिति हङकङको पदस्थापना एवम् सपथ कार्यक्रम सम्पन्न

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०८१, बिहीबार ०६:२२

हङकङ । नेपाली जनसम्पर्क समिति हङकङको १३ औं अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापना एवम् सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । गत मंगलबार उक्त कार्यक्रम सम्पन भएको हो । शैलेन्द्र सिंह बोगटीको सभापतित्वमा १३ औ अधिवेशनबाट कार्यसमिती निर्वाचित भएका थिए ।

१३ औ अधिवेशनबाट कार्यसमितिमा सभापतिमा शैलेन्द्र सिंह बोगटी, उपासभापतिमा ओमराज गुरुङ र ताहिर खान, महामन्त्रीमा खुशी लिम्बु र भबिन लिम्बु ,सहमहामन्त्रीमा किरण थुलुङ र प्रशान्त गुरुङ, कोषध्यक्षमा रामचन्द्र बिक सहकोषाध्यक्षमा उपेन्द्र बिक, सदस्यहरुमा मिलन गुरुङ, बिकी गुरुङ, समिर गुरुङ, देव श्रेष्ठ, प्रशन गुरुङ र शेशा हाङ राई निर्वाचित भएका थिए ।

कार्यक्रमको प्रमुख अतिथी नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले निर्वाचित पदाधिकारिलार्इ सपथ खुवाएका थिए । अध्यक्ष गुरुङ शनिवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

धेरै पढिएको