१२ भाद्र २०८२, बिहीबार
Follow Us

एनआरएनए इंल्याण्ड राज्य परिषदद्धारा बाढी पिडितलाई ७ लाख ६९ हजार सहयोग

नेपालब्रिटेन डट कम्
२३ आश्विन २०८१, बुधबार ०८:०८

लण्डन । अविर वर्षाका कारणले हालै नेपाल भएको बाढी पहिरो पिडितको लागि गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिषद इंल्याण्डले ७ लाख ६९ रुपैया (४४१० पाउण्ड) हजार सहयोग गरेको छ ।

इंल्याण्ड राज्य परिषदका अध्यक्ष शम्भू प्रसाद अर्यालले वेलायतस्थित नेपाली समुदायबाट संकलित सो रकम संघको केन्द्रीय खाता मार्फत बाढी पिडित समक्ष पुराइएको जानकारी दिए ।

यसअघि परिषदले लालबहादुर गुरुङको संयोजकत्वमा एक आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो ।

इंल्याण्ड राज्य परिषदका तर्फबाट अध्यक्ष अर्याल, संयोजक गुरुङ र सहसंयोजक अन्जु कुँवरले बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा संघले हाल पिडित समक्ष प्रत्यक्ष रुपमा पुगेर राहत वितरण गरिरहेको छ । संघले काठमाण्डौं, मकमानपुर, काभ्रे लगायतका जिल्लामा पहिलो चरणमा सहयोग हस्तान्तरण गरेको छ ।

धेरै पढिएको