२७ मंसिर २०८१, बिहीबार
Follow Us

ब्राइटनसँग म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुलको सहज जित

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८१, आईतवार ०४:४१

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी ब्राइटनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जोआओ पेड्रो र म्याट ओरिलेले एक एक गोल गरेका थिए । १-० गोलले पछि परेको ब्राइटनले दोस्रो हाफमा शानदार कमब्याक गर्दै सिटीलाई स्तब्ध बनाएको थियो । म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

यो जितपछि ब्राइटनको ११ खेलमा १९ अंक भएको छ र लिगमा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर सिटीको भने ११ खेलमा २३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । सिटी शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ५ अंकले पछाडी रहेको छ ।

एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले प्रिमियर लिगमा आफ्नो अग्रता बढाएको छ । लिभरपुलको ११ खेलमा २८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा छ । त्यस्तै लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी रहेको छ ।

त्यसैगरी एस्टन भिल्लाको ११ खेलमा १८ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।