१ माघ २०८१, मंगलवार
Follow Us

पुरानै शैलीमा ओलीः मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाए

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८१, बुधबार ०५:५७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुको बैठक आब्हान गरेका छन् ।

प्रधानमन्त्रीले सरकारका कामको त्रैमाशिक समीक्षाका लागि भन्दै मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक आज (बुधबार) राखेका हुन् । बैठक आज दिउँसो ३ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई बोलाइएको छ । चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा गर्ने प्रधानमन्त्रीको तयारी छ । अर्थतन्त्रमा देखिएको समस्या, विकास निर्माणमा भएको ढिलाइ लगायतका विषयमापनि बैठकमा छलफल हुनेछ ।

बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारणको पनि समीक्षा हुनेछ ।