काठमाडौँ । सेयर बजार थप ओरालो लागेको छ । नेपाल धितोबोर्डका अनुसार बिहिवार सेयरबजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ ।
बुधबार झण्डै ४६ अंकले बढेको बजार बिहिवार ३३.४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२.२९ अंकमा सिमित भएको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।