२५ असार २०८२, बुधबार
Follow Us

परराष्ट्रमन्त्री राणाले भोलि दिल्लीमा आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
४ पुष २०८१, बिहीबार १२:५०

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज भारतको नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ युरोपका केही कार्यक्रममा सहभागी भइ बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नुभएको हो।

उहाँले भोलि नयाँ दिल्लीमा आयोजना हुने नेपाल-भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ । त्यसपछि मन्त्री डा राणाले नयाँ दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउनुहुनेछ । उहाँ आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

धेरै पढिएको