२४ असार २०८२, मंगलवार
Follow Us

नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंदै

नेपालब्रिटेन संवाददाता
८ पुष २०८१, सोमबार ०६:५४

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वास्थ्य परीक्षणका लागि भारतको नयाँदिल्ली रहेकी आज स्वदेश फर्कने भएकी छन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार भारत गएकी थिइन्। ।

युरोपबाटै त्यहाँ पुगेकी उनले शनिबार र आइतबार स्वास्थ्य परीक्षण गराएको सचिवालयले जानकारी दिएको छ। उनी आज साँझ स्वदेश फर्कन लागेकी हुन्।

शुक्रबार भने उनीले भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन ।

मन्त्री डा राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन ।

उनले नेपाल भारत आर्थिक सम्बन्धको विस्तृत चर्चा गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह पनि गरेकी थिइन । यसअघि मन्त्री डा राणा गत मङ्सिर २२ मा युरोप गएकी थिइन । उनको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गर्नु रहेको थियो ।

धेरै पढिएको