२९ पुष २०८१, सोमबार
Follow Us

एनआरएनएद्वारा वारबर्दियाको अस्पतालमा स्वास्थ्य सामग्री प्रदान

नेपालब्रिटेन डट कम्
१४ पुष २०८१, आईतवार १५:०७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वारबर्दियाको एक अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

एनआरएनएका अनुसार, अस्पतालका लागि करिब ४ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिकमत थापाले अस्पतालमा आयोजित एक विशेष कार्यक्रमको दौरान ती सामग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका थिए।

गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राईले स्वास्थ्य सामग्रीले स्थानीय समुदायको स्वास्थ्य सेवामा सुधार ल्याउने आशा व्यक्त गर्दै यसलाई महत्त्वपूर्ण कदम भनेकी छिन्।