३२ असार २०८२, बुधबार
Follow Us

४ छोरा विदेशमा, घरभित्रै दम्पतीको ‘हत्या’

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०८१, आईतवार ०६:११

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् । ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार शनिबार घरभित्रै मृत फेला परेका हुन् । मध्याह्न १२ बजेसम्म ढोका नखुलेपछि हेर्न गएका छिमेकीले परियार दम्पतीलाई मृत भेटेका थिए ।

प्यूठान प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले घटना शंकास्पद रहेको बताए । बस्यालका अनुसार मृतक दुवैको शरीरका विभिन्न स्थानमा घाउचोट छ ।

भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर घटना अनुसन्धान गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । मृतकका चार छोरा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा छन् । दुई छोरीको विवाह भइसकेको छ ।

धेरै पढिएको