३१ असार २०८२, मंगलवार
Follow Us

प्रधानमन्त्रीको कार्यक्रमको विरोधमा स्टाटस लेख्ने ४ जना प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०८१, मंगलवार १३:२९

काठमाडौं । सामाजिक सञ्जालमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संलग्न भएको कार्यक्रममा विरोध गर्ने भन्दै प्रचार गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार रजत जयन्ती समारोह मनाएको छ । सोही कार्यक्रममा प्रधानमन्त्री ओली सम्बोधन गर्न पुगेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा सूचना लेखेका ४ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएकामा किरण केसी, राजु सुनुवार, राजेश दाहाल र मोहन सिंह रहेको प्रहरीले जनाएका छन् । सुनुवार कांग्रेस निकट दलित विद्यार्थी संघका अध्यक्षसमेत हुन् ।

धेरै पढिएको