१ असार २०८२, आईतवार
Follow Us

प्रचण्डलाई गोरखामा ऊनको हाफकोट उपहार

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८२, शुक्रबार ०६:११

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनको हाफकोट उपहार दिएका छन् ।

हिजो (बिहीबार) गोरखाको बारपाक पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाककी ‘रोसनी आमा’ आफैले बुनेको भेडाको ऊनको हाफ कोट उपहार स्वरूप दिएकी हुन् ।

अध्यक्ष बारपाक आउने थाहा पाएपछि आफुले प्रचण्डलाई ठिक हुनेगरी उक्त कोट बुनेको रोसनी आमाले बताइन ।