३२ असार २०८२, बुधबार
Follow Us

सुनिता डंगोलले भनिन्-‘सम्पदामा राजनीति नगरौँ’

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८२, शुक्रबार १४:५५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताएकी छिन् ।

शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

सम्पदा क्षेत्रभित्र भू-राजनीति नभई नेपाली नै सहभागी हुनुपर्ने उनको भनाइ थियो ।

‘भोलि समय बित्दै गइसकेपछि भूकम्पपश्चात् कसले कसले केके गरे ? भन्दा हाम्रो सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स होइन,’ उनले भनिन्, ‘हाम्रो सम्पदा क्षेत्रभित्र हाम्रो सहभागिता हुनुपर्छ । हामीले गर्व गर्ने ठाउँ हुनुपर्छ । यो नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्छ भन्ने कुरामा सदैव जोड दिइरहेका छौँ ।’

सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउँदै उनले सम्पदा संरक्षणमा गर्व गर्न लायक काम हुनुपर्ने बताइन् ।

‘सम्पदा निर्माणमा लगानी महानगरपालिकाको होस् वा सरकारको होस् । हामीले यो चाहिँ नेपाली आफैँले बनाउनु पर्छ है । यसमा हाम्रो हरेक लगानी हाम्रा नेपालीहरूकै हुनुपर्छ,’ उनले भनिन् ।

धेरै पढिएको