लन्डन।राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनमा सम्बोधन गर्न रास्वपा नेता माननीय डा स्वर्णिम वाग्ले लण्डन आइपगेका छन्।
अधिवेशनलाई सम्बोधन गर्न शुक्रबार लन्डन हिथ्रो उत्रिएका रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेलाई रास्वपा यूके सभापति पवन शर्मा एबम रास्वपा सदस्य रमेश बेलबासे लगायतले स्वागत गरेका थिए। विमानस्थलमा अन्य तामझाम देखिएन।
अप्रिल २८ तारिख सोमबार मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा अधिवेशन हुने भएको हो।
अधिवेशनमा भाग लिन दुई दिनको लागि मात्रै बेलायत आएका डा वाग्लेले नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेको कार्यक्रममा सहभागी हुने रास्वपा यूके सभापति पवन शर्माले बताए।
अधिवेशनमा बेलायतस्थित नेपालका राजनीतिक पार्टीनिकट विभिन्न संगठनका प्रतिनिधिलाई पनि निम्त्याइएको छ।
अधिवेशनमा सहभागी हुने रास्वपा यूके सभापति पवन शर्माले बेलायतस्थित संगठनका सबै सदस्य एवं शुभेच्छुकहरुलाई आव्हान गरेका छन्।
सभापति रवि लामिछाने माथि सरकारले राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएको भन्दै संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा सभापतिको कुनै संलग्नता नरहेको पुष्टि गरिसकेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गर्नु सरकारको स्पष्ट राजनीतिक पूर्वाग्रह रहेको रास्वपा नेता डा स्वर्णिम वाग्लेले बत्ताए ।