४ भाद्र २०८२, बुधबार
Follow Us

धादिङको घट्टेमोडमा सवारी दुर्घटना, १ जनाको मृत्यु, ५ जना घाइते

नेपालब्रिटेन संवाददाता
४ भाद्र २०८२, बुधबार १३:३५

धादिङ । त्रिभुवन राजपथको नागढुङ्गा-नौविसे सडक खण्डस्थित धुनिबेशीमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

ती मध्य दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चितवनबाट काठमाण्डौँ आउदै गरेको ध२प ३१४६ नम्वरको मोटरसाईकललाई विपरित दिशाबाट आउँदै गरेको मालवाहक ट्रकले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटर साइकललाई ठक्कर दिने भारतीय ट्रक अनियन्त्रित भएर सडकबाट अन्दाजी २५ मिटर तल खसेको छ । ट्रकमा चार जना सवार रहेको प्रहरीले जनाएको छ । चारै जना भारतीय नागरिक हुन् ।

घाइतेहरुलाई थप उपचारका लागि काठमाण्डौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभएको छ ।

धेरै पढिएको