७ भाद्र २०८२, शनिबार
Follow Us

सरकारले व्यवसायीहरुलाई विस्थापित गर्न खोज्यो : अध्यक्ष सिंह

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८२, शनिबार ०६:२९

सिन्धुली । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेतृत्वमा पुग्न होडवाजीका कारण भद्रगोल भएको गुनासो गरेका छन् ।

सिन्धुली निर्माण व्यवसायी संघको १२औं साधारणसभा तथा नवौं अधिवेशनको शुक्रबार सिन्धुलीमाडीमा उद्घाटन गर्दै उनले व्यवसायीहरुको समग्र हितको पक्षमा काम गरिरहँदा अनावश्यक झण्झट लगाइदिने गरेको आरोप लगाए ।

कार्यक्रममा सहभागी पदाधिकारीहरुले सरकारले पुर्वाधार निर्माण कम्पनी खडा गरेर व्यवसायीहरुलाई विस्थापित गर्न खोजेको बताए । सार्वजनिक खरिद ऐन चौथौ संसोधनले निर्माण व्यवसायीहरुको माग पुरा गर्न नसकेको भन्दै व्यावसायीमैत्री कानून ल्याउन माग गरे ।

धेरै पढिएको