९ भाद्र २०८२, सोमबार
Follow Us

नेपाली जनसम्पर्क समिति मलेसियाको बैठक सम्पन्न

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३५

काठमाडौं । नेपाली जनसम्पर्क समिति मलेसियाको बैठकले आगामी अधिवेशनको तयारी,संगठनको आन्तरिक व्यवस्थापन,सदस्यता नविकरण अभियान, तथा सामाजिक र राजनीतिक गतिविधिका बारेमा छलफल गरेको छ ।

जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीले बैठकलाई सम्बोधन गर्ने क्रममा भने –जनसम्पर्क समिति केवल परदेशको संगठन मात्र होइन, यो नेपाली कांग्रेसको वैचारिक दूत हो । हामी बिदेशी कर्मभूमिमा कांग्रेसको मूल्यमान्यता, लोकतान्त्रिक सोच र जनअपेक्षाको प्रतिनिधित्व गरिरहेका छौं । नेपाली जनसम्पर्क समितिलाई अझ सशक्त र सुसंगठित हुनुपर्छ ।

जनसम्पर्क समितिका सभापति चोलाकान्त पंगेनीको अध्यक्षतामा बसेको विशेष बैठकमा उपसभापति ,महासचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको महामन्त्री हरि कोइरालाले बताए ।

बैठकले आगामी दिनमा सञ्चालन गरिने विचार–विमर्श कार्यक्रम, अभिमुखीकरण नेपालीसँग प्रत्यक्ष संवाद र संचार प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा कार्ययोजना तयार बनाएको प्रवक्ता सरोज दाहालले जानकारी दिए ।

अन्य दल प्रवेश गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या पनि ठूलो थियो । परदेशि भूमिमा नेपाली कांग्रेसको विचार, नीति र अभियानलाई सशक्त बनाउँदै अघि बढिरहेको छ ।

धेरै पढिएको