२२ आश्विन २०८२, बुधबार
Follow Us

प्रचण्डको घरमा प्रदर्शनकारीको आक्रमण

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८२, मंगलवार ०५:०६

काठमाडौं । जेनजी प्रदर्शनकारीहरूले पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । ललितपुरको खुमलटारमा रहेको प्रचण्डको घरमा युवाहरूले गेट फुटाएर भित्र पस्ने तयारी गरिरहेका छन् ।

प्रदर्शनकारीले यसअघि सीचारमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा ढुंगामुढा र आगजनी गरेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि आक्रोशित भएका उनीहरूले प्रहरीको घेरा तोडेर आगो झोसिदिएका हुन् । प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

धेरै पढिएको