काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी एवं नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
उनले विज्ञप्तिमार्फत लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृती भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मूलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएको छ । प्रहरीको गोली लागेर हालसम्म २१ जनाभन्दा बढी जेन–जी युवाहरुको मृत्यु भएको छ । आक्रोशित बनेका प्रदर्शनकारीहरुले आज केही नेताहरुको घर र सार्वजनिक सम्पत्तिमा आगजनी गरेका थिए ।