१४ आश्विन २०८२, मंगलवार
Follow Us

स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०८२, शनिबार ०७:३६

काठमाडौं । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम-एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना गम्भीर र एकजना मध्य घाइते भएका थि । स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

धेरै पढिएको