१४ आश्विन २०८२, मंगलवार
Follow Us

वेस्ट इन्डिजविरूद्ध नेपालकाे ऐतिहासिक जित

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०८२, आईतवार ०५:५८

काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । नेपालको राष्ट्रिय टीमले कुनै पनि टेस्ट राष्ट्रलाई पहिलोपटक हराएको हो ।

नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि नविन बिडाइसले सर्वाधिक २२ रन बनाए । बलिङमा नेपालका कुशल भुर्तेलले २, रोहित पौडेल, ललित राजवंशी, करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

त्यसअघि युएईको शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए ।

कुशल मल्ल ३०, गुल्सन झा २२, दीपेन्द्रसिंह ऐरी १७, सन्दीप जोरा ९, कुशल भुर्तेल ६, आसिफ शेख ३ र करण केसी ० रन बनाएर आउट भए । सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे ।

बलिङमा वेष्ट इण्डिजका जेसन होल्डरले सर्वाधिक ४ विकेट लिएका थिए । ३ खेलको टी-२०आई सिरिजान्तर्गतको दोस्रो खेल सोमबार हुनेछ ।

धेरै पढिएको