१४ आश्विन २०८२, मंगलवार
Follow Us

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०८२, आईतवार ०६:०१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार भने सुनको मूल्य २ लाख २२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेर २ हजार ८ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको