२१ आश्विन २०८२, मंगलवार
Follow Us

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०८२, बिहीबार ०५:१५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउनु हुने भएको छ ।

देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभयो ।

विगतमा राष्ट्रपतिबाट बडादसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

धेरै पढिएको