७ कार्तिक २०८२, शुक्रबार
Follow Us

रुकुममा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु

नेपालब्रिटेन संवाददाता
७ कार्तिक २०८२, शुक्रबार १४:१९

रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार साँझ जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले दुर्घटनामा परेर ७ जनाको घटनास्थलमै ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । उनका अनुसार घाइतेको उद्धार कार्य भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

दुर्घटनाको सूचना लगत्तै नदुवास्थित प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेर उद्धारमा सक्रिय रहेको छ । प्रहरीका अनुसार जीपमा करिब १८ जना यात्रु थिए । जीप चालक टोपजंग बुढा गम्भीर रहेको प्रहरीको भनाइ छ । मृतकको पहिचान खुलेको छैन ।

धेरै पढिएको