१८ कार्तिक २०८२, मंगलवार
Follow Us

कांग्रेस केन्द्रीय बैठकमा आज महाधिवेशनबारे दुईथरी कार्यतालिका प्रस्ताव गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०८२, मंगलवार ०३:४४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्दै छ। पटक-पटक स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भएको हो ।

बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी दिए ।

बैठकमा महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ । जसमा संस्थापन र संस्थापन इतर दुवै पक्षले आ-आफ्नो प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। संस्थापन इतर मंसिर मसान्तभित्र र संस्थापन पक्ष फागुन २१ गतेपछिको महाधिवेशनको पक्षमा छन्।

धेरै पढिएको