काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको समयसीमा आज सकिदैछ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हिजोसम्म ८० दल दर्ता भएका छन् ।
आज दल दर्ताको अन्तिम दिन भएकाले यो संख्या बढ्न सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । उहाँले मंगलबार साँझसम्म ८० दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता हुनुले निर्वाचनप्रति दलहरुमा उत्साह देखिएको पनि बताउनुभयो । आयोगमा कुल १ सय ३४ दल रहेका छन् । तीमध्ये ८० दलले दल दर्ता गराएका हुन् ।
हिजो मंगलबार मात्रै १६ दल दर्ता भएका थिए । आजसम्म दल दर्ताको समय रहेकाले यो सङ्ख्या थप बढ्ने आँकलन गरिएको छ ।