१२ मंसिर २०८२, शुक्रबार
Follow Us

हङकङ आगलागी : मृत्यु हुनेको संख्या ९४ पुग्यो

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८२, शुक्रबार ०५:१६

हङकङमा बुधबार लागेको भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ। केही मानिसहरुको अवस्था अझै अज्ञात छ ।

आगलागीमा परी ६२ जनाभन्दा बढी घाइते भएका छन्, जसमध्ये धेरैको अवस्था गम्भीर छ । बुधबार मध्यराततिर हङकङका आवासीय भवनहरूमा आगो लागेको थियो । आगलागीले आवासीय ब्लकका धेरै भवनहरूलाई सखाप पारेको छ ।

कम्प्लेक्समा आठ टावरहरू छन्, जसमा लगभग २००० अपार्टमेन्टहरू छन् । आगलागी शुरु भएको पाँच मिनेटमै ३२ तालासम्म फैलिएको थियो ।

धेरै पढिएको