१८ जेष्ठ २०८३, सोमबार
Follow Us

आज नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा सन्देश सभा गर्दै

नेपालब्रिटेन संवाददाता
१२ मंसिर २०८२, शुक्रबार ०५:२४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज धनगढीमा सन्देश सभा गर्दैछ । नेपाली कम्युनिस्ट पार्टी गठनपछि पहिलोपटक प्रदेशस्तरीय सन्देश सभा गर्ने भएको हो ।

सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेता भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

पार्टीले लुम्बिनीको देउखुरीमा मङ्सिर १३ गते, गण्डकीको पोखरामा मङ्सिर १४ गते, कोशीको विराटनगरमा मङ्सिर १५ गते सभा गर्नेछ । साथै कर्णालीको सुर्खेतमा मङ्सिर १८ गते, मधेशको जनकपुरमा मङ्सिर २० गते र बागमतीको हेटौँडामा मङ्सिर २३ गते सभाको तयारी गरेको छ ।

धेरै पढिएको