बालेनले किन राखेनन् तीन साता पुग्न लाग्दा पनि मन्त्रिपरिषद्को बैठक ?
काठमाडौं । हप्तामा कम्तीमा एकपटक र आवश्यकता अनुसार दुई दिन बस्ने गरेको मन्त्रिपररिषद्को बैठक पछिल्लो १७ दिनयता बस्न सकेको छैन । ३० असोजमा अन्तिमपटक मन्त्रिपरिषद्को बैठक बसेको थियो । त्यसपछि ९ दिन दसैँको बिदा थियो । तर, त्यसपछि बिदा नभए पनि बैठक बस्न नसकेको हो ।
३० असोज शुक्रबार सिंहदबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो । सो बैठक गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नं. १ र २ लाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
साथै, आनी छोइङ डोल्पालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत गरेको थियो । त्यसयता मन्त्रिपरिषद्को एउटा पनि बैठक बस्न सकेको छैन । तर, त्यसयता दसैँपछिको बिदा सकिए पनि प्रधानमन्त्री वालेन्द्र शाह बालेनले मन्त्रिपरिषद्को बैठक राखेका छैनन् ।
प्रधानमन्त्रीकी सञ्चार व्यवस्थापनविज्ञ दीपा दाहालले दसैँको बिदा र अरु विषयका छलफलले गर्दा बीचमा मन्त्रिपरिषद्को बैठक बस्न नसकेको जानकारी गराएकी छन । यसअघि मंगलबार र शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको थियो ।

