९ माघ २०८२, शुक्रबार
Follow Us

काठमाडौँ आइपुगे रवि, भेटे जेनजी शहीदका परिवार

नेपालब्रिटेन संवाददाता
५ पुष २०८२, शनिबार १२:४६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन् । शनिवार काठमाडौँ आए लगतै उनले जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका हुन् । पहिले उनी बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगे । त्यसपछि जेनजी आन्दोलनका सहिद परिवारसँग छलफल गरे ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शहीद परिवारको न्यायका लागि लड्ने बताए । उनले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै जेनजी र जेनजी शहीद परिवारको मागलाई पुरा गर्न पार्टी र आफ्नो ऐक्यबद्धता रहेको बताए । उनले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा पनि कारबाही गर्न सरकारले अग्रसरता नदेखाएको गुनासो गरे ।

मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे
सभापति लामिछानेले आफूलाई मुद्दा लगाउने सरकार अपदस्त भई हेलिकप्टरमा झुन्डिएर भाग्नु परेको बताएका छन्। शनिवार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मलाई धेरै कुरा भन्नु छ। धेरै कुरा भन्नु पनि छैन। किनकि लामो समय कारागारमा बसेँ। म माथिको मुद्दाहरूको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे। तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु। तर मलाई केही पनि फरक पर्दैन,’ उनले भने।

धेरै पढिएको