६ माघ २०८२, मंगलवार
Follow Us

ओखलढुंगामा रामहरिले दिइएन टिकट, कुमारलाई अवसर

नेपालब्रिटेन संवाददाता
६ माघ २०८२, मंगलवार ०६:०५

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि ओखलढुंगा जिल्लाको चुनावी मैदानमा नयाँ अनुहार उतार्ने निर्णय गरेको छ । पार्टीको संसदीय बोर्डले सोमबार बिहान गरेको निर्णयअनुसार, यसअघि सोही क्षेत्रबाट निर्वाचित प्रभावशाली नेता रामहरि खतिवडालाई रोक्दै यसपटक कुमार लुइँटेललाई उम्मेदवार बनाउने पक्का गरेको हो ।

विशेष महाधिवेशनबाट निर्वाचित नयाँ सभापति गगन थापाको हस्ताक्षरमा टिकट वितरण गर्ने क्रम सुरु भएसँगै उम्मेदवार फेरबदल भएको छ । जिल्ला कार्यसमितिबाट उम्मेदवारका लागि सिफारिस भए पनि अन्तिम समयमा संसदीय बोर्डले लुइँटेलको पक्षमा निर्णय लिएको हो ।

यसअघिको निर्वाचनमा ओखलढुंगाबाट सानदार जित हासिल गरी संसदमा प्रभावकारी उपस्थिति जनाएका खतिवडाको स्थानमा लुइँटेललाई टिकट दिने निर्णयले राजनीतिक वृत्तमा चर्चा जगाएको छ ।

धेरै पढिएको