२४ फाल्गुन २०८२, आईतवार
Follow Us

पूर्वराजा साहले गरे जानकी मन्दिरमा पूजा-अर्चना

नेपालब्रिटेन संवाददाता
१२ माघ २०८२, सोमबार १३:२२

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पुगेर पूजा-अर्चना गरेका छन् ।

आइतबार जनकपुर पुगेका पूर्वराजा शाहले सोमबार साँझ जानकी मन्दिरमा धार्मिक विधिअनुसार पूजाआजा सम्पन्न गरेका हुन् । मन्दिरमा उनलाई महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए ।

मन्दिर परिसरमा पूर्वराजा शाहका समर्थकहरूको समेत उपस्थिति रहेको थियो । जनकपुर प्रवासका क्रममा उनले समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको बताइएको छ ।

उक्त भ्रमणलाई धार्मिक आस्थासँग सम्बन्धित निजी कार्यक्रमका रूपमा लिइएको छ ।

धेरै पढिएको