२२ माघ २०८२, बिहीबार
Follow Us

निर्वाचनपछि नेकपा पहिलो र रास्वपा दोस्रो हुने स्थिति छः माधव नेपाल

नेपालब्रिटेन संवाददाता
२२ माघ २०८२, बिहीबार १३:५३

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी २१ फागुनमा हुने निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट परेका छन ।

आज (बिहीबार) केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो । बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए ।

पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन् । ‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ ।

अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उदृद्ध गर्दै नेता राजेन्द्र श्रेष्ठले भने । श्रेष्ठका अनुसार एकहप्ता अगाडि कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले तीन पार्टी मिलेर जाने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको प्रचण्डले जानकारी गराएका थिए ।

पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए । अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ ।

धेरै पढिएको