२५ फाल्गुन २०८२, सोमबार
Follow Us

काठमाडौं – लण्डनका लागि कतार एयरवेजको विशेष उद्धार उडान, पहिलो उडान आज

नेपालब्रिटेन संवाददाता
२५ फाल्गुन २०८२, सोमबार ०१:५१

काठमाडौं — अन्तर्राष्ट्रिय हवाई यात्रामा आएको अवरोधका कारण प्रभावित यात्रुहरूलाई सहयोग पुर्‍याउन कतार एयरवेजले काठमाडौंबाट बेलायतको लण्डनका लागि विशेष उद्धार (इभ्याकुएसन) उडान सञ्चालन गर्ने भएको छ।

एयरलाइन्सका अनुसार उक्त विशेष उडान सोमबार, मार्च ९, २०२६ मा राति ९:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट प्रस्थान गर्ने तालिका रहेको छ। यो उडान बेलायतको लण्डन हिथ्रो विमानस्थल पुग्नेछ।

उक्त उडानले लण्डनतर्फ अघि बढ्नु अघि साउदी अरेबियाको रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा प्राविधिक अवतरण (टेक्निकल स्टप) गर्ने जानकारी दिइएको छ।

कतार एयरवेजले जनाएको अनुसार मार्च १० सम्मका कतार एयरवेजका टिकट भएका यात्रुहरू, विशेषगरी QR 649 सम्मका उडानका टिकटधारक यात्रुहरूलाई यस विशेष उडानमा यात्रा गर्न प्राथमिकता दिइनेछ।

टिकट परिवर्तन गर्न वा उक्त विशेष उडानमा यात्रा व्यवस्थापन गर्न चाहने यात्रुहरूले आफ्नो टिकट विवरण र सम्पर्क नम्बर सहित कतार एयरवेजको काठमाडौं बिक्री कार्यालयको इमेल [email protected]
मा पठाउन अनुरोध गरिएको छ।

अन्तर्राष्ट्रिय उडान तालिकामा देखिएको अवरोधका कारण बेलायततर्फ यात्रा गर्ने यात्रुहरू प्रभावित भएपछि एयरलाइन्सले यस्तो विशेष उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको जनाएको छ। यात्रुहरूलाई आवश्यक व्यवस्था गर्न समयमै सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

धेरै पढिएको