२४ बैशाख २०८३, बिहीबार
Follow Us

आगामी अधिवेशनमा एनआरएन विधेयक संसदमा नजाने, परराष्ट्रको रोजाईमा राहादानी विधेयक

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०८३, बिहीबार ००:३४

सरकारले २८ वैशाखदेखि सुरु हुने बजेट अधिवेशनमा कम्तीमा ४५ वटा विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयन र सेवा प्रवाह सहज बनाउन विभिन्न मन्त्रालयहरूले विधेयकका मस्यौदा अन्तिम चरणमा पुर्‍याएका छन् ।

कानुन मन्त्रालयका अनुसार खेलकुदबाहेक अधिकांश मन्त्रालयबाट विधेयक ल्याइनेछ । हालै जारी आठ अध्यादेशका प्रतिस्थापन विधेयक पनि संसद्मा दर्ता गरिने तयारी छ ।

परराष्ट्र मन्त्रालयले यस अधिवेशनमा एनआरएन सम्बन्धी विधेयक अघि नबढाई राहदानी ऐन संशोधन विधेयकलाई प्राथमिकतामा राखेको छ ।

यसैगरी अर्थ, कानुन, गृह, ऊर्जा, कृषि, पर्यटन, सञ्चार, श्रम, शिक्षा लगायत मन्त्रालयबाट पनि विभिन्न संशोधन तथा नयाँ विधेयक संसद्मा पेस हुनेछन् ।

धेरै पढिएको