४ जेष्ठ २०८३, सोमबार
Follow Us

देउवा समूहले जेठ १० गते सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८३, सोमबार ०४:४१

काठमाडौँ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

उक्त समूहले १० जेठमा प्रदेशस्तरीय भेला गर्ने भएको हो । भेला सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सौराई स्क्वायरमा आयोजना गरिन लागेको हो ।

उक्त समूहले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय दुई दिने विचार गोष्ठी सम्पन्न गरेको थियो ।

धेरै पढिएको