काठमाडौँ । कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ । आज (बिहिबार) बसेको कांग्रेसको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले यस्तो बताएकी हुन ।
उनले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको बताएकी हुन । उनले सदनलाई पेलेर सञ्चालन गरिएको भन्दै आपत्ति समेत व्यक्त गरीन् ।
विगतमा सरकारले विपक्षी दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरेको भन्दै उनले भनिन्, ‘उहाँहरूसँग दुई तिहाइ मत छ । तर हिजो छलदफल त हुनुन्थ्यो नि । निर्णय सत्तापक्षकै हुन्छ हामी बुझ्छौं तर छलफल, जवाफ भन्ने नै नहुने हुन भएन । जनताहरू निराश भइसकेका छन् ।’