काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समयसिमा पुन थप भएको छ।
कांग्रेसका अनुसार आगामी साउन ३ गतेसम्म थप गरिएकाले सो समयसिमा भित्र सदस्यता नविकरणमा गर्न पाइनेछ । महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो ।
यसअघि नयाँ सदस्यता असार २० सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ ।कांग्रेसको १५औं महाधिवेशन आगामी असोजमा १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाे छ ।