२७ असार २०८३, शनिबार
Follow Us

अपराजित इंग्ल्याण्डलाई हराउँला नर्बेले ?

नेपालब्रिटेन संवाददाता
२७ असार २०८३, शनिबार ११:१४

लन्डन । ह्यारी केनको इङ्गल्याण्डले अर्लिङ हालान्डको नर्वेको सामना गर्दैछ । यस प्रतियोगितामा हालान्डले ७ गोल गरेका छन् भने ह्यारी केनले ६ गोल गरेका छन्। यो खेल कान्सस सिटी स्टेडियममा आज राती २ः४५ बजेवाट सुरु हुनेछ। 

नर्वे र इङ्गल्याण्ड बीच हालसम्म कुल १२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। यीमध्ये इङ्गल्याण्डले ७ खेल जितेको छ भने नर्वेले २ खेल जितेको छ। तीन खेल बराबरीमा टुङ्गिएका थिए। फिफा विश्वकपमा यी दुई टोली आमनेसामने हुन लागेको यो पहिलो पटक हो । 

नर्वेले ‘राउन्ड अफ १६’ मा ब्राजिललाई पराजित गरेर आज इंग्ल्याण्डसँग भिडन आएको हो । नर्वे उत्कृष्ट लयमा छ र उसले ५ खेलमध्ये ४ मा जित हासिल गरेको छ। समूह चरणमा फ्रान्स विरुद्ध मात्र उसले हार बेहोरेको थियो। समूह चरणमा नर्वेले इराकलाई ४–१ र सेनेगललाई ३–२ ले पराजित गरेको थियो।

‘राउन्ड अफ ३२’ मा टोलीले आइभोरी कोस्टलाई २–१ ले हरायो। त्यसपछि ‘राउन्ड अफ १६’ मा पाँच पटकको च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै उसले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो।

उता, इंग्ल्यान्डले एउटा पनि खेल हारेको छैन् । इंग्ल्यान्ड यस विश्वकपमा अपराजित रहेको छ। टोलीले पाँच खेलमा ४ जित र एक बराबरीको नतिजा निकालेको छ। समूह चरणमा उनीहरूले क्रोएसियालाई ४–२ र पानामालाई २–० ले पराजित गरे भने घानासँगको खेल ०–० को बराबरीमा सकियो।

‘राउन्ड अफ ३२’ मा कंगो विरुद्धको खेलमा इंग्ल्यान्ड २–१ ले विजयी भयो। त्यसपछि ‘राउन्ड अफ १६’ मा मेक्सिकोलाई ३–२ ले हराउँदै उनीहरूले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरे।

नर्वेले गोलका लागि पुनः अर्लिङ हालान्डमाथि नै भर पर्नेछ भने अर्कोतर्फ इङ्ल्यान्डको आक्रमणको जिम्मेवारी कप्तान ह्यारी केनको काँधमा हुनेछ। यी दुवै खेलाडीको प्रदर्शनले नै यस खेलको नतिजा निर्धारण गर्न सक्छ।

दुवै टोलीका लागि सम्भावित सुरुवाती ११ खेलाडीः
नर्वेः
नाइलान्ड, रायरसन, ओस्टिगार्ड, हान्चे(ओल्सेन, वोल्फ, थोर्स्टभेट, बर्गे, प्याट्रिक बर्ग, बब, सोर्लोथ, अर्लिङ हालान्ड।

इङ्ल्यान्डः पिकफोर्ड, वाकर, जोन स्टोन्स, गुएही, ट्रिपियर, डेक्लान राइस, माइनु, बुकायो साका, जुड बेलिङघम, फिल फोडेन, ह्यारी केन।

धेरै पढिएको