१५ श्रावण २०८३, शुक्रबार
Follow Us

म संघीयता विरोधी होइनः प्रधानमन्त्री बालेन

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८३, शुक्रबार ०९:२७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफू संघीयताविरोधी नभएको बताएका छन । आज (शुक्रबार) सिंहदरबारमा मधेशकेन्द्रित दलसँगको छलफलमा क्रममा बालेनले संघीयतालाई विरोधी भनेर गलत हल्ला फैलाएको बताएको राष्ट्रिय मुक्ति पार्टी नेपालका राजेन्द्र महतोले जानकारी दिएका छन ।

प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । संघीयतालाई बलियो बनाउने हो । संरचनामा परिवर्तन ल्याउन कुरा थियो तर सन्देश गलत गयो ।

त्यसलाई सुधार्नुपर्छ । तर म संघीयता विरोधी होइन, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’

महतोसहितका नेताले चितवन महाधिवेशनबाटै रास्वापाल आफूलाई संघीयताविरोधी पार्टीमा रुपमा व्याख्या गरेको भन्ने प्रश्नमा बालेनले यस्तो बताएका हुन ।

धेरै पढिएको